न भन त्यस्तो,
न भन त्यस्तो, केवल म बन्न सक्छु तिम्रो सहारा भनी
लगाउनु सम्म लगायोउ मलाई एक्लोपन को बानी
मिलनको पर्खाइमा बिछोडलाई अङालेकी मैले
न हास्न सक्ने न त रुन सक्ने, यो कस्तो चोट दियोउ तिम्ले ।।
हासोको मुकुट मेरो अनुहारमा अटाउन मानेन,
अब यो बिडम्बना म ढाकु कसरी,
पिरोलिएको मेरो यो मनलाई
अब म फकाउ कसरी ।।
कल्पनामा तैरिरहने मेरा भावनालाई के दोश दीउु र म
आफ्नो एस्तो अवस्थामा, तेस्लाई सम्हालु कसरी
तिम्रो सम्झना बुढो रुखको जडोझै गड्यो मेरो मनमा,
न फुकाउन मिल्ने न त जोड्न नै मिल्ने, यो कस्तो नाता गास्योउ तिम्ले ।।
No comments:
Post a Comment