Saturday, May 5, 2012

भनु कसलाई ?

माया मोहको यो दल्दलमा
त्यागुँ कसलाई, अप्नाउँ कसलाई

जीवनको यो जनजालमा
मानु कसलाई, विश्वास गरूँ कसलाई

हृदय र दिमागको खेलमा
जिताउँ कसलाई, हराउँ कसलाई

मानिस र मुकुटको यो मेलामा
असली मानु कसलाई, नकली कसलाई

प्रतियोगीहरूको यो मैदानमा
अह्राउ कसलाई

दुखी पात्रहरूको यो दुनियाँमा
हसाउँ कसलाई

चिस्सीरहेछन् सबै रमाइला मन
नचाउँ कसलाई ।।।

- अब यो गुनासो सुनाउ कसलाई -

1 comment:

  1. कुरा धेरै छन् मनमा तर भनुँ कस्लाइ

    ReplyDelete